कान्तिपुरकर्मी फोटोपत्रकार श्रेष्ठ पुरस्कृत

जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आयोजित प्रतियोगितामा दीपेन श्रेष्ठले गैरसैनिक विधातर्फ दोस्रो स्थान प्राप्त गरी ३५ हजार रुपैयाँ जितेका छन् ।

माघ ४, २०८२

कान्तिपुर संवाददाता

Kantipurkarmi photojournalist Shrestha awarded

काठमाडौँ — कान्तिपुरकर्मी फोटोपत्रकार दीपेन श्रेष्ठ पुरस्कृत भएका छन् । नेपाली सेना फोटो प्रतियोगिता २०८२, गैरसैनिकतर्फ द्वितीय हुँदै उनलाई नगदसहित सम्मान गरिएको हो ।

जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आयोजित प्रतियोगिताको गैरसैनिक विधातर्फ द्वितीय स्थान हासिल गरेका हुन् । श्रेष्ठलाई जंगी अड्डामा आईतबार आयोजित कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । उक्त पुरस्कार राशि ३५ हजार रुपैयाँ रहेको छ।

Kantipurkarmi photojournalist Shrestha awarded

द्वितीय हुन सफल दीपेश श्रेष्ठको फोटो ।

कान्तिपुर

Link copied successfully