दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न निर्वाचन आयोगको निर्देशन

कांग्रेस विशेष महाधिवेशन पक्षधरलाई मान्यता दिएको विषयमा दुर्गा प्रसाईंले भ्रामक सूचना प्रवाह गरेको भन्दै आयोगले प्रहरी प्रधान कार्यालयको साइबर ब्युरोलाई पत्र पठाउँदै अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएको हो ।

माघ ४, २०८२

कान्तिपुर संवाददाता

Election Commission directs investigation into Durga Prasai

काठमाडौँ — निर्वाचन आयोगले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएको छ ।

कांग्रेस विशेष महाधिवेशन पक्षधरलाई मान्यता दिएको विषयलाई लिएर प्रसाईंले भ्रामक सूचना प्रवाह गरेको भन्दै आयोगले प्रहरी प्रधान कार्यालयको साइबर ब्युरोलाई आइतबार पत्र पठाएर अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएको हो ।

प्रसाईंले आयोगलाई पैसा बुझाएर दलको आधिकारिकता लिएको दाबीसहित भ्रामक सूचना प्रवाह गरेको आयोगको दाबी छ ।

कान्तिपुर

Link copied successfully