मन्त्रिपरिषद् बैठक : सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोग गठन

पूर्वन्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा 'सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोग २०८२' गठन गर्ने निर्णय भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

माघ २, २०८२

कान्तिपुर संवाददाता

Council of Ministers meeting: Formation of a commission of inquiry into the irregularities in cooperatives

काठमाडौँ — सरकारले सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्‌को शुक्रबार बसेको बैठकले पूर्वन्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा 'सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोग २०८२' गठन गर्ने निर्णय भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

'सहकारीमा भएको बेथिति छानिबन तथा जाँचबुझ गर्न उच्च अदालतका पूर्वन्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोग २०८२ गठन गर्ने निर्णय भएको छ,' उनले भने ।  

यस्तै बैठकले नेपालमा मानव तथा बाघ अन्तरसम्बन्ध व्यवस्थापन परियोजनाका लागि विश्व वातावरण सुविधाबाट विश्ववन्यजन्तु कोषबाट प्राप्त हुने ३६ लाख २१ हजार ९ सय ८३ अमेरिकी डलरबराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को उपाध्यक्ष पदमा महोम्मद सफीउल्लाह (रौतहट) लाई नियुक्त गर्ने निर्णय पनि भएको प्रवक्ता खरेलले जनाए ।

कान्तिपुर

Link copied successfully