सेन्टर फर मिडिया रिसर्च–नेपाल (सिएमआर नेपाल), ह्युमन राइट्स फिल्म सेन्टर (एचआरएफसी), ब्लु डायमण्ड सोसाइटी, आईयुसिएन नेपाल र उज्यालो फाउन्डेसनले उक्त सहयोग प्राप्त गरेका छन् ।
काठमाडौँ — क्यानडा दूतावास, नेपालले क्यानडा फन्ड फर लोकल इनिसिएटिभ्स ( सिएफएलआई) अन्तर्गत आर्थिक वर्ष २०२५–२६ मा नेपालको सामाजिक क्षेत्रमा कार्यरत संस्थाहरूमा १ लाख ६३ हजार ५ सय अमेरिकी डलर सहयोग गरिएको जानकारी दिएको छ ।
सेन्टर फर मिडिया रिसर्च–नेपाल (सिएमआर नेपाल), ह्युमन राइट्स फिल्म सेन्टर (एचआरएफसी), ब्लु डायमण्ड सोसाइटी, आईयुसिएन नेपाल र उज्यालो फाउन्डेसनले उक्त सहयोग प्राप्त गरेका छन् ।
यी परियोजनाहरू लैंगिक समानता, समावेशी शासन, लोकतान्त्रिक अभ्यास, जलवायु अनुकूलन तथा सीमान्तकृत समुदायको सशक्तीकरणमा केन्द्रित छन्। कार्यक्रममा बोल्दै नेपालका लागि क्यानडाका उप–राजदूत मार्क एलनले नेपाल–क्यानडा सम्बन्ध सुदृढ र मैत्रीपूर्ण रहेको उल्लेख गरे । उनले दुई देशबीचको जनस्तरीय सम्बन्ध मजबुत बनाउन सिएफएलआई परियोजनाले महत्वपूर्ण भूमिका खेलेको बताए। उनले समावेशी र दिगो विकासप्रति क्यानडाको प्रतिबद्धता दोहोर्याए ।
क्यानडा सरकारले यस परियोजनामार्फत विश्वका विभिन्न देशमा सहयोग गर्दै आएको छ ।