गुल्मीका पालिकामा १५ शय्याका अस्पताल निर्माण सुस्त

सिलान्यास गर्न हतारिनु, चुस्त व्यवस्थापन नहुनु, संघ र स्थानीय सरकारबीच समन्वय अभाव र सरोकारवालामा जवाफदेहीता नहुँदा अस्पताल अलपत्र परेको सरोकारवाला बताउँछन्।

माघ १, २०८२

सन्तोष महतारा

Construction of 15-bed hospital in Gulmi municipality slows down

What you should know

गुल्मी — मुलुकभरका पालिकामा १५ शय्याका अस्पताल निर्माणको योजना अनुसार मालिका गाउँपालिकाले २०७६ साउन ३१ गते ‘मालिका आधारभूत अस्पताल’ बनाउन जग्गा लिने निर्णय गर्‍यो।

साढे तीन महिनापछि मालिका–५ छापहिलेका धनु र ईश्वर गिरीका साथै देवीराम अर्यालले दान गरेको १२ रोपनी जग्गा पालिकाले नामसारी गरायो। जग्गा प्राप्त गरेको एक वर्षपछि २०७७ मंसिर गते अस्पताल सिलान्यास गरियो।

तर, अस्पतालकालागि भनेर लिइएको जग्गामा सिलान्यास गरिएन। मालिका–४ को अर्खबाङस्थित ठूलीचौरमा मालिका आधारभूत अस्पताल सिलान्यास गरियो। अस्पतालकालागि दान गरेको जग्गा अलपत्र परेको भन्दै दाताहरुले आवाज उठाएपछि पालिकाले संघीय सरकारले अन्यत्रै सिलान्यास गर्न भनेको जवाफ दियो।सिलान्यासको दुई वर्षभित्र अस्पताल निर्माण सक्नुपर्ने संघीय सरकारले निर्णय गरेको थियो । स्थानीय सरकार भने दुई वर्षसम्म जग्गाको टुंगो लगाउन नसकेर भौतारिरहेको थियो । 

पालिकाका अनुसार सिलान्यास गरिएको ठूलीचौरनजिकै अस्पताल निर्माण गर्ने समयमा पुनः जग्गा विवाद बल्झियो। त्यसपछि शिलान्यास गरिएको स्थानबाट केही तल निर्माण स्थल सारियो। कुल ११ करोड ६७ लाख रुपैयााको लागतमा खड्का/सगुन जेभीले अस्पताल निर्माणका लागि सम्झौता गर्‍यो। लगत्तै जग्गाको जोखिम देखाएर ठेक्का रद्द गरेर पुनः टेन्डर आव्हान गरियो। पुनः ठेक्का सम्झौता गरेर अहिले भूइातलाको काम भइरहेको गाउापालिकाका सूचना अधिकारी जगत पौडेलले जानकारी दिए। 

भक्तपुरको एससीएसपीएल/डिएलबी जेभीले कुल १५ करोड ४१ लाखमा निर्माणका लागि ठेक्का सम्झौता गरेर अहिले काम गरिहेको छ। सुरुमा दुई वर्षभित्र निर्माण सक्नुपर्ने सम्झौता गरिएको थियो । अहिले पाँच वर्ष बिते पनि मालिका आधारभूत अस्पतालको १० प्रतिशत मात्र निर्माण भएको छ । २०८४ असारसम्म निर्माणको म्याद रहेको छ। कामको गति हेर्दा उक्त अवधिमा पूरा हुने छाँटकाँट छैन् । 

सिलान्यास कहाँ र कहिले गर्ने भन्ने विवादको भूमरीमा ‘छत्रकोट आधारभूत अस्पताल’ पनि पर्‍यो । आवश्यकता अनुसार जग्गा प्राप्ति नभए पनि शिलान्यास गरियो । तर, सिलान्यास भएको पााच वर्षसम्म अस्पताल निर्माणको कुनै टुंगो छैन् । जग्गा प्राप्त गरेर ठेक्का लगाउने तयारी भइरहेका बेला मुलुकमा जेन्जी आन्दोलन भयो । आन्दोलन देखाउादै प्रक्रिया रोकियो । १८ करोड रुपैयाा खर्च अनुमान गरिएको अस्पताल भवन कहिले निर्माण हुने हो कुनै ठेगान छैन । निर्माणका लागि चासो समेत छैन । 
धुर्कोट गाउापालिका–६ रजस्थलमा अस्पताल निर्माण सुरु गरिएको थियो । त्यही बेला पहिरो गएपछि निर्माण रोकियो। त्यसपछि पालिकाले डीपीआर र नक्सा परिमार्जन गरेर सुरु गरेको थियो । अहिले धुर्कोट अस्पतालको भौतिक प्रगति करिब १५ प्रतिशत छ।

रविना/अर्जुन/न्यू लिजा जेभीले १३ करोड भन्दा धेरै लगानीमा निर्माणको काम गरिरहेको छ । कालीगण्डकी गाउापालिका–३ मा निर्माण भइरहेको अस्पतालको काम पनि सुस्त छ । १२ करोड ३७ लाखमा खिम्ती/श्रेष्ठ/अन्जना जेभीले अस्पताल निमार्णको काम गरिरहेको छ । अहिलेसम्म ५० प्रतिशत काम सकिएको छ । 

सत्यवती गाउँपालिका–६ जोहाङमा पनि यस्तै अस्पताल निर्माण भइरहेको छ । १२ करोड लगानीमा आशिष निर्माण सेवाले काम गरिरहेको पालिकाका इन्जिनियर रमेश शाहीले जानकारी दिए । उनकाअनुसार अहिले ४० प्रतिशत भौतिक  प्रगति भएको छ।

जिल्लाको मुसिकोट नगरपालिका–७ मा १५ शय्याको अस्पताल निर्माण चलिरहेको छ । पालिकाका अनुसार खिम्ती/श्रेष्ठ/कालीगण्डकी जेभीले ११ करोड १० लाख रुपैयाामा अस्पताल निर्माणको काम गरिरहेको छ । यसको भौतिक प्रगति ७० प्रतिशत छ।

इस्मा गाउँपालिका–४ दोहलीस्थित गुरुङगाडेमा अस्पताल बनाइरहेको छ । सुनिल समिर निर्माण सेवाले कुल १९ करोड ४५ लाख ३६ हजार लगानीमा निर्माणको काम गरिरहेको छ । यसको अहिलेसम्म ३२ प्रतिशत निर्माणको काम सकिएको छ । मदाने गाउँपालिकामा–६ को पुर्कोटदहमा अस्पताल निर्माण चलिरहेको छ । हिमदुम/एसी निर्माण कम्पनीले १२ करोड ४८ लाखमा ठेक्का सम्झौता गरेर अस्पताल निर्माणको काम गरिरहेको छ । अहिलेसम्म ४० प्रतिशत भौतिक प्रगति भएको छ । 

रुरुक्षेत्र गाउँपालिकाले पनि १५ शय्याको अस्पताल निर्माण गरिएको छ । उक्त पालिकाको वडा १ को रातामाटामा निर्माण भइरहेको छ । प्रकृति–पिटिआर–अधिकारी–राजेश्वरी जेभी सन्धिखर्कले १४ करोड ४२ लाखमा ठेक्का सकारेर निर्माणको काम गरिरहेको छ । अहिलेसम्म उक्त अस्पतालको ८५ प्रतिशत काम भइसकेको छ।

गुल्मीदरबार गाउापालिका–३ मा निर्माण एको १५ शय्याको अस्पताल सञ्चालनमा आइसकेको छ । बिकोई–अर्जुन–न्यू लिजा जेभीले १२ करोड ९४ लाखमा अस्पताल निर्माण गरेको थियो । त्यस्तै चन्ऽकोट गाउापालिकामा १३ करोड ६६ लाखमा अस्पताल भवन निर्माण गरिएको छ । यस अस्पतालले सेवा सञ्चालनमा ल्याइसकेको छ। 

पहिले उत्साह, अहिले सन्नाटा
अस्पताल सिलान्यास ताका तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सरकारमा बेग्लै उत्साह थियो । मन्त्री र सांसदलाई सिलान्यास गर्ने चटारो थियो। एउटै भवन सिलान्यासमा मन्त्री र सांसदको भीड लाग्थ्यो । एकै दिन दुईदेखि तीन वटासम्म अस्पताल भवन सिलान्यास गरिएको थियो। अस्पताल निर्माण पछि ग्रामीण भेकमै उपचार पाउने आशामा नागरिकमा पनि उत्साह थियो। त्यो उत्साह लामो समय टिकेन । भवन निर्माणमा ढिलासुस्ती र सञ्चालनमा देखिएको कठिनाइले निराशा छाएको छ।

कार्यान्वयन स्पष्ट नहुँदै सिलान्यास गर्न हतारिनु, चुस्त व्यवस्थापन नहुनु, संघ र स्थानीय सरकारबीच समन्वय अभाव र सरोकारवालामा जवाफदेहीता नहुादा अस्पताल अलपत्र परेको यहााका सरोकारवालाको भनाई छ। 
गुल्मीदरबार आधारभूत अस्पतालमा दुई मेडिकल अफिसर, १० स्वास्थ्यकर्मी र दुई कार्यालय सहयोगी छन्। यहाँ जम्मा १४ कर्मचारी छन् । चन्द्रकोट आधारभूत अस्पतालमा दुई मेडिकल अफिसर, दुई जना वर्थिङ सेन्टर, चार जना प्याराम्याडिक्स, एक ल्याब टेक्निसियन, एक प्रशासन र तीन कार्यालय सहयोगी छन्। यहाँ जम्मा १३ जना कर्मचारी छन् । मेडिकल अफिसर बाहेक अन्य स्वास्थ्यकर्मी नजिकका स्वास्थ्यकर्मीबाट तानिएका हुन्।

गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण अर्याल १५ शय्याका अस्पताल पालिकाले मात्र सञ्चालन गर्न नसक्ने र सबै पालिकामा संचालन नहुने बताउाछन् । ‘स्वास्थ्यचौकीभन्दा नागरिकमा अस्पतालप्रति विश्वास त छ, तर १५ शय्याका अस्पताल चल्दैनन्’, उनले भने, ‘पाँच शय्याका अस्पताल मात्रै चल्न सक्ने सम्भावना छ ।’

भौतिक संरचना खडा गरिए पनि जनशक्तिमा व्यवस्थापन चुनौती बनेको उनले बताए । ‘स्थानीय सरकारको हैसियत भन्दा धेरै माथिका अस्पताल छन्,’ उनले भने । उनका अनुसार अहिलेकै अवस्थामा आधारभूत अस्पताल चलाउन ३० जना जनशक्ति आवश्यक छन । तर २७ जना पालिकाले व्यवस्थापन गर्नु परेको छ । ‘यो सम्भव नै छैन्,’ उनले भने, ‘त्यसकालागि चाहिने आम्दानी पालिकासँग छैन् ।’

संघीय सरकारले यस्ता अस्पतालकालागि एक जना मेडिकल जनरलिस्ट नवौं/दसौं तह, दुई जना आठौं तहका मेडिकल अधिकृत, ६ जना स्टाफ नर्स, चार जना जना हेल्थ असिस्टेन्ट, एक जना आयुर्वेद अधिकृत/सहायक, एक जना ल्याब टेक्निसियन, एक जना रेडियोग्राफर, एक जना फार्मेसी सहायक, एक जना डेन्टिस्ट, एक जना एनेस्थेटिक सहायक, एक जना अप्थाल्मिक सहायक, एक जना नायब सुब्बा, छ जना कार्यालय सहयोगी तथा तीन जना सरसफाइ कर्मचारी रहने व्यवस्था गरिएको छ।

गुल्मीका १२ पालिकामध्ये वार्षिक एक करोड भन्दा कम आन्तरिक आय भएका ८ पालिका छन् । चार पालिकाको मात्रै एक करोड भन्दा माथि आन्तरिक आम्दानी हुने गरेको छ। जुन स्थिर हुादैन । घटबढ भइरहन्छ । अहिलेकै स्थितिमा पालिकाले आधारभूत अस्पतालका ३० मध्ये २७ दरबन्दी अनुसारका कर्मचारी आफै भर्ना गर्नु परिरहेको छ। जसअनुसार तलबमा मात्रै पनि वार्षिक एक करोड भन्दा बढी रुपैयाा खर्च हुने गरेको छ । जुन तलमाथि भइरहने आन्तरिक आम्दानीले केही पनि सहयोग गर्दैन ।
नागरिक समाज जिल्ला अध्यक्ष पदमप्रसाद पाण्डेले बिना योजना शिलान्याश गरिएका आधारभूत अस्पताल अहिले पालिकाका लागि सेतो हात्तीमा परिणत भएको  बताए । ‘सुरुमा बजेट अभाव, त्यसपछि निर्माणमा ढिलासुस्ती र निर्माण सम्पन्न भएपनि दरबन्दी अभावले संचालनमा कठिनाइ छ’, उनले भने, ‘जनशक्ति, उपकरण र औषधि अभाव छ । आलिशान भवन बनाएर मात्र कुनै अर्थ छैन् ।’  

लिफ्टसहितका आलिसान भवनको सरसफाइ, रंगरोगन, र मर्मत सम्भार गर्न नसक्ने पालिकालाई स१चालनको जिम्मेवारी दिने र संघीय सरकार दायित्वविहीन बन्ने हो भने ग्रामीण भेगका नागरिक स्वास्थ्य सेवाको पहुाच र अधिकारबाट बञ्चित हुने उनले बताए । 

जिल्लास्थित स्वास्थ्य कार्यालय प्रमुख पुष्पा थापाले अस्पतालसाग समन्वय र सहकार्य भए पनि अरु विषयमा कार्यालयको कुनै भूमिका नहुने बताइन् । चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसी पालिकाले मात्रै अस्पताल सञ्चालन गर्न नसक्ने बताउँछन्। ‘निर्माण सम्पन्न संरचना यत्तिकै खाली राख्दा नागरिकमा थप निरासा बढ्छ’, उनले भने, ‘सामान्य सेवा भए पनि सुरु गर्ने भनेर संचालन गरिएको हो ।’ स्वीकृत दरबन्दी अनुसार संघले नै संचालन खर्च बेहोर्ने भएमा मात्रै अस्पताल संचालन हुने उनले बताए । स्थानीय स्रोत र साधनले मात्रै अस्पतालको खर्चै धान्न नसकिने उनको तर्क छ ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले अस्पताल सञ्चालनका लागि समन्वय र सहजीकरण भइरहेको बताए। ‘अलपत्र योजनाको फ्लोअप गर्ने काम भइरहेको छ’, उनले भने, ‘संचालनको भूमिका हामीसाग छैन्, आवश्यक परे सहजीकरणको भूमिका हुन्छ ।’

गुल्मीमा आधारभूत अस्पतालबाहेक गुल्मी अस्पतालसहित प्राथमिक स्वास्थ्य केन्द्र एक, स्वास्थ्य चौकी ७६, आधारभूत स्वास्थ्य सेवा इकाई १५, सामुदायिक स्वास्थ्य इकाई ३७, सहरी स्वास्थ्य केन्द्र पाँच, गाउाघर क्लिनिक २ सय ३५ र ३ सय ३२ खोप केन्ऽ रहेको छन्। खोप, पोषण, बाल स्वास्थ्य, सुरक्षित मातृत्व र सामान्य चिकित्सा परीक्षणका सेवासहित संचालन हुने भनिएका आधारभूत अस्पताल बीचमै अलपत्र तथा सम्पन्न भएर पनि सञ्चालन नहुने अवस्थामा छन् । 

सन्तोष

Link copied successfully