विशेष महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति निर्वाचन हुनासाथ त्यसको अद्यावधिक गर्नका लागि विशेष महाधिवेशन पक्षधर नेताहरु निर्वाचन आयोगमा जाने तयारी छ । यता शेरबहादुर देउवा पक्षले भने वैधानिकताको विषयमा कानुनविज्ञहरुसँग छलफल सुरु गरेका छन् ।
काठमाडौँ — नेपाली कांग्रेसभित्रको विवाद अब निर्वाचन आयोगमा पुग्ने निश्चित देखिएको छ ।
विशेष महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति निर्वाचन हुनासाथ त्यसको अद्यावधिक गर्नका लागि विशेष महाधिवेशन पक्षधर नेताहरु निर्वाचन आयोगमा जाने तयारी छ । त्यसका लागि विशेष महाधिवेशनमा उपस्थित प्रतिनिधिहरुको दस्तखतसहितको फाइल तयार पारिसकिएको छ ।
यता शेरबहादुर देउवा पक्षले भने वैधानिकताको विषयमा कानुनविज्ञहरुसँग छलफल सुरु गरेका छन् । पार्टीको झन्डा र रुख चिह्न कसले पाउने भन्नेबारेमा कांग्रेस विवाद अब निर्वाचन आयोगमा सर्ने भएको हो ।
