श्रम संस्कृति पार्टीको समानुपातिक उम्मेदवारमा डडेल्धुरा एमालेका पूर्व जिल्ला अध्यक्ष

श्रम संस्कृति पार्टीका सुदूरपश्चिम इन्चार्ज महेन्द्र पुनका अनुसार जिल्लामा संगठन निर्माण, राजनीतिक अनुभव र स्थानीय स्तरमा रहेको पहुँचलाई मूल्यांकन गर्दै डडेल्धुराबाट प्रकाश साउदको नाम समानुपातिकमा सिफारिस गरिएको हो।

पुस ३०, २०८२

तर्कराज भट्ट

Former Dadeldhura UML district chairperson among Labor Culture Party's proportional candidates

डडेल्धुरा — हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले डडेल्धुराबाट प्रकाश साउदलाई समानुपातिकतर्फको उम्मेदवारका रूपमा एकल सिफारिस गरेको छ। पार्टीका सुदूरपश्चिम इन्चार्ज महेन्द्र पुनका अनुसार साउदलाई पार्टीले केन्द्रमा पठाएको सूचीमा एकल नामका रूपमा समावेश गरिएको हो।

यसअघि नेकपा एमाले डडेलधुराका पूर्व जिल्ला अध्यक्ष रहेका साउद पछिल्लो समय श्रम संस्कृति पार्टीमा सक्रिय रहँदै आएका छन्। पार्टी संगठन विस्तार र वैकल्पिक राजनीतिक धारलाई सुदृढ बनाउने उद्देश्यसहित उनको नाम सिफारिस गरिएको पुनले बताए।

पुनका अनुसार जिल्लामा संगठन निर्माण, राजनीतिक अनुभव र स्थानीय स्तरमा रहेको पहुँचलाई मूल्यांकन गर्दै साउदलाई समानुपातिक उम्मेदवारका रूपमा अघि सारिएको हो। श्रम संस्कृति पार्टीले आगामी निर्वाचनलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट उम्मेदवार छनोटको प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

तर्कराज भट्ट

Link copied successfully