केन्द्रीय कार्यसम्पादन समितिको निर्णय सुनाउँदै मीन विश्वकर्माले भने– अनुशासन उल्लङ्घन गरेकाले निष्कासन

उनले अनुशासन उल्लङ्घन गरेकाले कारबाही गरिएको बताउँदै कारबाहीमा परेकाहरूले फुकुवाका लागि निवेदन दिनुपर्ने बताएका छन्।

पुस ३०, २०८२

कान्तिपुर संवाददाता

Announcing the decision of the Central Performance Committee, Min Bishwakarma said - Expulsion due to violation of discipline

काठमाडौँ — कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मासहितलाई कारबाही गर्ने निर्णय गरेको मीन विश्वकर्माले बताएका छन्।

उनले अनुशासन उल्लङ्घन गरेकाले कारबाही गरिएको बताउँदै कारबाहीमा परेकाहरूले फुकुवाका लागि निवेदन दिनुपर्ने बताएका छन्। उनले त्यस्तो निवेदनपछि मात्रै केन्द्रीय कार्यसम्पादन समितिले थप निर्णय गर्न सक्ने पनि बताए।

विश्वकर्माले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको र अन्य पदाधिकारीहरूलाई सच्चिएर पार्टीमा फर्किन तथा नियमित काममा फर्किन पनि निर्णय गरिएको बताए।

केन्द्रीय कार्यसम्पादन समितिको निर्णयलगत्तै भृकुटीमण्डपमा विशेष महाधिवेशन पक्षधरहरूले शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेका छन्।

कान्तिपुर

Link copied successfully