एलोन्सोले छाडे रियल

स्पेनिस सुपरकपमा रियल एक दिन अगाडि मात्र बार्सिलोनासँग फाइनलमा पराजित भएको थियो ।

पुस २९, २०८२

कान्तिपुर संवाददाता

Alonso leaves Real

काठमाडौँ — रियल म्याड्रिडले सोमबार आफ्ना प्रशिक्षक ज्याभी एलोन्साले छाडेको जनाएको छ । क्लब र प्रशिक्षकबीचको आपसी सहमतीमा यो निर्णय लिइएको क्लबले जनाएको छ ।

अब उनको स्थानमा एल्भारो एरबेलोआले रियल सम्हाल्ने छन् ।

स्पेनिस सुपरकपमा रियल एक दिन अगाडि मात्र बार्सिलोनाको हातबाट फाइनलमा पराजित भएको थियो । एलोन्साले आठ महिना अगाडि मात्र क्लब सम्हालेका थिए, तर लामो समय टिक्क सकेनन् । नयाँ प्रशिक्षक एरबेलोआले यसअघि रियलकै रिजर्भ टिम हेरिरहेका थिए ।

स्पेनी ला लिगामा पनि रियल ४५ अंकमा दोस्रो स्थानमा छ र शीर्षमा रहेको बार्सिलोनामाथि पर्याप्त दबाब सिर्जना गर्न सकिरहेको छैन् । बार्सिलोना ४९ अंकमा शीर्ष स्थानमा रहेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully