१७ दलका १७५ जनाले समानुपातिक सूचीबाट नाम फिर्ता लिए

लोसपा र जसपा एकीकरण भएकाले लोसपाका ११० समानुपातिक उम्मेदवारले नाम फिर्ता लिए ।

पुस २९, २०८२

कान्तिपुर संवाददाता

175 candidates from 17 parties withdrew their names from the proportional list

काठमाडौँ — प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगमा समानुपातिक सूचीमा नाम दर्ता गरेका १७५ जनाले नाम फिर्ता लिएका छन्।

आयोगका अनुसार फिर्ता लिनेमध्ये १७ वटा दलका उम्मेदवार रहेका छन्।

लोसपा र जसपा एकीकरण भएपछि लोसपाका ११० समानुपातिक उम्मेदवारले नाम फिर्ता लिएका कारण फिर्ता लिनेहरूको संख्या ठूलो देखिएको छ।

निर्वाचन कार्यक्रमअनुसार १३ र १४ पुसमा दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा बुझाएका थिए । ५८ चुनाव चिह्नबाट चुनावमा प्रतिस्पर्धा गर्ने गरी ६४ दलका तर्फबाट बन्दसूची बुझाइएको थियो । सबै दलबाट गरी समानुपातिकतर्फ ३ हजार ४ सय २४ जनाको नाम बन्दसूचीमा समेटिएको छ ।

उम्मेदवारले फिर्ता लिएका कारण रिक्त रहेको स्थानमा अर्को उम्मेदवारको नाम पठाउन ३० पुसदेखि २ माघसम्मको कार्यतालिका छ । जुन समावेशी समूहबाट नाम फिर्ता लिइएको हो, त्यही स्थानमा दलले अर्को नाम पठाउन पाउने आयोगले जनाएको छ । 

175 candidates from 17 parties withdrew their names from the proportional list


175 candidates from 17 parties withdrew their names from the proportional list

कान्तिपुर

Link copied successfully