राष्ट्रिय सभाको अधिवेशन माघ ४ मा आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

प्रतिनिधिसभा विघटन भए पनि स्थायी सदनका रूपमा रहेको राष्ट्रिय सभाको अधिवेशन बाेलाउनेबारे विभिन्न चरणमा छलफल भइरहेको थियो ।

पुस २८, २०८२

कान्तिपुर संवाददाता

Recommendation to the President to convene the National Assembly session on Magh 4

काठमाडौँ — सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ ४ गते अधिवेशन आह्वान गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको हो । 

प्रतिनिधिसभा विघटन भए पनि स्थायी सदनका रूपमा रहेको राष्ट्रिय सभाको अधिवेशन बाेलाउनेबारे यसअघि विभिन्न चरणमा छलफल भइरहेको थियो । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री कार्कीलाई भेटेर पनि अनुरोध गरेका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully