महामन्त्रीद्वयले प्रस्तुत गरेको प्रतिवेदनमाथि अब समूहगत छलफल हुनेछ ।
काठमाडौँ — कांग्रेस विशेष महाधिवेशनमा प्रस्तुत प्रतिवेदनहरूमाथि छलफल गर्न प्रतिनिधिका ९ वटा समूह गठन गरिएको छ ।
आइतबार सुरु विशेष महाधिवेशनको बन्दसत्र जारी छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको छुट्टाछुट्टै प्रतिवदेनमाथि प्रतिनिधिहरुले छलफल गर्नेछन् ।
यसमा लागि प्रदेशगत समूह र संयोजक तोकिएको छ ।
