भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा गत वर्ष बेपत्ता भएका दुई बसमध्ये एउटा हुनसक्ने आशंका गरिएको छ।
चितवन — तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा सवारी साधनको अवशेष भेटिएको छ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार स्थानीयले पुरिएको अवस्थामा सवारी साधनका पाटपुर्जादेखेपछि प्रहरीलाई खबर गरेका थिए। लगत्तै प्रहरी त्यहाँ पुगेर बालुवामा पुरिएको अवस्थामा देखिएको बस्तु निकाल्ने काम भइरहेको छ।
भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा गत वर्ष बेपत्ता भएका दुई बसमध्ये एउटा हुनसक्ने आशंका गरिएको छ। बस बेपत्ता भएको ठाउँबाट २०० मिटर नजिक तनहुँतर्फ बसको अवशेष फेला परेको हो ।
२०८१ असार २८ मा नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरोसहित दुई बस त्रिशूलीमा बेपत्ता भएका थिए।
पार्टस् भेटिएको स्थान जलबिरेबाट करिब ठ किलोमिटर पश्चिममा पर्छ।
