राप्रपा हरेक वर्ष पुस २७ गते यो कार्यक्रम आयोजना गर्दै आएको छ।
काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ।
राप्रपा हरेक वर्ष पुस २७ गते यो कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष पनि काठमाडौंमा आयोजित समारोहमा प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्रीहरू तथा अन्य विशिष्ट व्यक्तित्वहरूलाई आमन्त्रण गरिएको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले यसअघि विभिन्न नेताहरूलाई व्यक्तिगत रूपमा निमन्त्रणा दिएका थिए। पृथ्वीनारायण शाहको ३०४औँ जयन्तीको रूपमा मनाइएको यस दिवसमा देशभर विभिन्न कार्यक्रमहरू भइरहेको छन्। राप्रपा चियापान समारोहमार्फत राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने बताएको छ।
