राष्ट्रिय सभा निर्वाचनका लागि पुस २३ गते विराटनगरमा भएको मनोनयन दर्ताको समयमा थापाको एकल उम्मेदवारी परेको थियो । तर, आइतबार मात्रै आयोगले थापा निर्वाचित भएको औपचारिक घोषणा गरेको हो ।
धनकुटा — राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशबाट नेपाली कांगेसका नेता सुनिलबहादुर थापा निर्वाचित भएका छन् । निर्वाचन आयोगले आइतबार उनी निर्वाचित भएको औपचारिक घोषणा गरेको हो ।
यसअघि उनी राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार थिए । पुर्ख्यौली घर धनकुटाको मुगा भएका थापा कोशी प्रदेशबाट ‘अन्य समूह’मा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
राष्ट्रिय सभा निर्वाचनका लागि पुस २३ गते विराटनगरमा भएको मनोनयन दर्ताको समयमा थापाको एकल उम्मेदवारी परेको थियो । उनी सोही दिन निर्वाचित भए पनि आइतबार मात्रै आयोगले औपचारिक घोषणा गरेको हो ।
