पृथ्वीनारायणको सालिकमा प्रधानमन्त्रीले गरिन् पुष्पगुच्छा अर्पण

त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले सलामी पनि अर्पण गरेको थियो।

पुस २७, २०८२

कान्तिपुर संवाददाता

Prime Minister offers floral tributes to Prithvi Narayan's statue

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण गरेकी छन् ।

सिंहदरबारको पश्चिमद्वार अगाडिको चोकमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री कार्की सरिक भई शाहप्रति सम्मान व्यक्त गर्दै सालिकमा पुष्पगुच्छा अर्पण गरेकी हुन् । सोही कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले शाहको सालिकमा पुष्पहार अर्पण गरे ।

त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले सलामी पनि अर्पण गरेको थियो।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र उपाध्यक्ष विमला घिमिरे, नेपाल सरकारका मन्त्रीगण लगायतको पनि उपस्थिति थियो।

हरेक वर्ष पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ गते राष्ट्रिय एकता दिवसका रूपमा मनाइँदै आएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully