आइतबार बसेको जिल्ला कमिटी बैठकले प्रत्यक्षतर्फ बैतडी इन्चार्ज रामबहादुर कुँवर र शंकरसिंह महराको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
बैतडी — नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि बैतडीबाट दुई जना उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको छ ।
आइतबार बसेको पार्टीको जिल्ला कमिटी बैठकले प्रत्यक्षतर्फ बैतडी इन्चार्ज रामबहादुर कुँवर र शंकरसिंह महराको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
माओवादीले समानुपातिकतर्फ भगवती महराको नाम सिफारिस गरिसकेको छ ।
चन्द नेतृत्वको माओवादी गुलाबको फूल चुनाव चिन्ह लिएर संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेको छ ।
