महामन्त्रीद्वय गगन र विश्वप्रकाशले गरे कांग्रेस विशेष महाधिवेशनको उद्घाटन

उद्घाटनका लागि पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ल्याउन विशेष महाधिवेशन पक्षधरले कसरत गरेको थियो ।

पुस २७, २०८२

कान्तिपुर संवाददाता

General Secretaries Gagan and Bishwaprakash inaugurated the Congress special general convention.

काठमाडौँ — कांग्रेस विशेष महाधिवेशनको उद्घाटन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गरेका छन् ।

उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमा उद्घाटन गरेका हुन् ।

उद्घाटनका लागि पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ल्याउन बिहानदेखि विशेष महाधिवेशन पक्षधरले कसरत गरेको थियो ।

उद्घाटनअघि ललितपुरको कुपण्डोल तथा काठमाडौंका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस र कमलपोखरीबाट भृकुटीमण्डपतर्फ कार्यकर्ताहरुले विशेष महाधिवेशनको पक्षमा नारा लगाउँदै र्‍याली निकालेका थिए ।

कान्तिपुर

Link copied successfully