जिल्ला समितिको निर्णयअनुसार डडेल्धुरा जिल्लाबाट प्रत्यक्षतर्फ खातीलाई उम्मेदवारका रूपमा अघि बढाउने निर्णय गरिएको जानकारी पार्टीले आइतबार सार्वजनिक गरेको हो।
डडेल्धुरा — नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले डडेल्धुरा जिल्लाबाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ शंकरबहादुर खातीलाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ।
पार्टीको डडेल्धुरा जिल्ला समितिको बैठकले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उक्त निर्णय गरेको हो । जिल्ला समितिको निर्णयअनुसार डडेल्धुरा जिल्लाबाट प्रत्यक्षतर्फ खातीलाई उम्मेदवारका रूपमा अघि बढाउने निर्णय गरिएको जानकारी पार्टीले आइतबार सार्वजनिक गरेको हो।
जिल्ला समितिबाट सिफारिस गरिएको उक्त नाम पार्टीको संगठनात्मक प्रक्रियाअनुसार सुदूरपश्चिम प्रदेश कमिटी धनगढी, कैलालीलाई बोधार्थ पठाइएको छ। सिफारिस पत्रमा पार्टीका जिल्ला सचिव वसन्त सी र जिल्ला इन्चार्ज विजय सीको हस्ताक्षर छ।
