रास्वपा सभापति लामिछाने र कुलमानबीच शुक्रबार र शनिबार भएका छलफलपछि पुस १४ को सहमति भाँडिएको थियो ।
काठमाडौँ — उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसँगकाे एकता भाँडिएपछि रास्वपाले आकस्मिक सचिवालय बैठक बोलाएको छ ।
पार्टी सभापति रवि लामिछानेको निर्देशअनुसार पार्टी सचिवालयको आकस्मिक (भर्चुअल) बैठक निम्नानुसार आज बोलाइएको हो ।
पार्टी एकता, समायोजनलगायतको एजेन्डा तय गरिएको छ । उज्यालो नेपाल पार्टीका संरक्षक घिसिङले पुस १४ मा भएको सहमतिविपरीत माग राखेपछि एकता टरेको रास्वपा स्रोतले बताएको छ ।
ठोस सहमति गर्ने भन्दै घिसिङ र रास्वपा सभापति रवि लामिछानेबीच शुक्रबार र शनिबार छलफल भएको थियो । छलफलका क्रममा घिसिङले ६ वटा माग राखेपछि सहमति भाँडिएको हो ।
