पार्टीले खेलप्रसाद वुढाक्षेत्री परागलाई प्रतक्ष तर्फको उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ ।
काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले ३ सय ५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।
बिजय प्रकाश वनेम नेतृत्वको समितिमा बिष्णुकुमार हाङ्बाङ र दुर्गाहाङ श्रेङ्चङ्बाङ सहसंयोजक रहेका छन् ।
निर्वाचन केन्द्रित गतिविधिका लागि उपसमिति पनि बनाइएको बिष्णुकुमारले जानकारी दिएका छन् ।
बिष्णु कुमारकै नेतृत्वमा १००१ सदस्यीय प्रचार प्रसार समिति, तारा भट्टराईको संयोजकत्वमा आर्थिक, कैलास माबोको संयोजकत्वमा युवा परिचालन, धन बहादुर खाति, असल पन्दाक, सुरज मादेन समेत रहेको संस्कृति समिति तथा खेलप्रसाद, नेत्र नेपाली, आरसी पोमु, प्रजिन हाङ्बाङ रहेको प्रतिबद्धता पत्र लेखन समिति बनाइएको छ ।
पार्टीले खेलप्रसाद वुढाक्षेत्री परागलाई प्रतक्ष तर्फको उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ । उनी गत निर्वाचनमा पराजित भएका थिए ।
