वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैन : गृहमन्त्री अर्याल

वर्तमान सरकारको म्यान्डेट तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु रहेको गृहमन्त्री अर्यालको भनाइ

पुस २५, २०८२

कान्तिपुर संवाददाता

Those in the current government have no right to lean towards any party: Home Minister Aryal

काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरूलाई कुनै दलप्रति ढल्कने छुट नभएको बताएका छन् ।

शुक्रबार ललितपुरमा बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री अर्यालले वर्तमान सरकारको पहिलो म्यान्डेट तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु रहेको बताएका हुन् । 

सरकार निर्वाचनमा होमिइसकेकोले तोकिएको मितिमा नै निर्वाचन हुनेमा शंका नगर्न सम्बन्धित सबै पक्षलाई गृहमन्त्री अर्यालले आग्रह गरे ।

त्यस्तै जेन-जी आन्दोलन सुशासन कायमका लागि भएको बताउँदै सुशासन कायम राख्न सरकार कटिबद्ध रहेको पनि उनको भनाइ छ । 

कान्तिपुर संवाददाता

Link copied successfully