अर्बुद रोगबाट पीडित चन्दको आज बिहान महाराजगञ्जस्थित आफ्नै निवासमा निधन भएको परिवार स्रोतले जनाएको छ ।
काठमाडौँ — वरिष्ठ प्रसारक माइकल (हरिश) चन्दको ७७ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।
अर्बुद रोगबाट पीडित उनको आज बिहान महाराजगञ्जस्थित आफ्नै निवासमा निधन भएको परिवार स्रोतले जनाएको छ । उनले ४० वर्षभन्दा बढी रेडियो नेपालको अंग्रेजी सम्पादक एवं प्रसारकका रुपमा सेवा गरेका थिए ।
उनका श्रीमती अभिनेत्री भुवन चन्द र तीन छोरी छन् ।
