नेपाल प्रहरीले माग्यो एक लाख ३३ हजार निर्वाचन प्रहरी, पुस २५ गतेदेखि भर्ना 

भर्ना छनोट शाखा, नक्सालले १ लाख ३३ हजार ९ सय ८० जना निर्वाचन प्रहरी माग गर्दै सूचना निकालेको हो ।

पुस २४, २०८२

कान्तिपुर संवाददाता

Nepal Police seeks 133,000 election police officers, recruitment from December 11

काठमाडौँ — नेपाल प्रहरीले निर्वाचन प्रहरी भर्नासम्बन्धी सूचना प्रकाशन गरेको छ ।

बिहीबार नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग अन्तर्गत भर्ना छनोट शाखा, नक्सालले १ लाख ३३ हजार ९ सय ८० जना निर्वाचन प्रहरी माग गर्दै सूचना निकालेको हो ।

सूचनाअनुसार पुस २५ गतेदेखि माघ १ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सार्वजनिक बिदाका दिनसमेत सबै जिल्ला प्रहरी कार्यालयमार्फत फाराम भर्न सकिने व्यवस्था गरिएको छ ।

प्रहरीका अनुसार १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका, साधारण लेखपढ गर्न सक्ने नेपाली नागरिकले निर्वाचन प्रहरीका लागि आवेदन दिन सक्नेछन् । निर्वाचन प्रहरी भर्नाको अन्तिम नतिजा भने पुस १२ गते प्रकाशन हुने सूचनामा उल्लेख छ ।

Nepal Police seeks 133,000 election police officers, recruitment from December 11

Nepal Police seeks 133,000 election police officers, recruitment from December 11

कान्तिपुर संवाददाता

Link copied successfully