शंखरापुर पिकनिक बस दुर्घटना : मृतकको संख्या चार पुग्यो [अपडेट]

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले चार जनाको मृत्यु पुष्टि भएको र अन्य २२ जना घाइते भएका जानकारी दिए । मृतकको सनाखत हुन सकेको छैन ।

पुस २३, २०८२

रासस

Shankharapur picnic bus accident: Death toll reaches four [Update]

काठमाडौँ — काठमाडौँको शंखरापुर नगरपालिका–३ स्थित फेदी जंगलमा बसधबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले चार जनाको मृत्यु पुष्टि भएको र अन्य २२ जना घाइते भएका जानकारी दिए । मृतकको सनाखत हुन सकेको छैन । ज्यान गुमाउनेमा स्तुपा अस्पतालमा १ महिला, एनएमसीमा १ पुरुष, १ महिला र शंखरापुर अस्पतालमा उपचाररत १ महिला रहेका छन् । 

वनभोज खाएर फर्किएको बा४ख ८७८८ नम्बरको बस दुर्घटनामा हुँदा उनीहरूको मृत्यु भएको उनले बताए ।

साँझ ६ बजेतिर उक्त बस दुर्घटना भएको थियो । दुर्घटनामा २२ जना घाइते भएका छन् । उनीहरूको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको नेपाल मेडिकल कलेज, शङ्खरापुर अस्पताल, मूलपानी नगर अस्पतालमा र सुष्मा कोइराला अस्पताल सउपचार भइरहेको छ । 

बसमा ४० जनाजति सवार रहेका जनाइएको छ । ‘नेचर हर्व’ संस्थाका कर्मचारी वनभोज खाएर आएको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 

रासस

Link copied successfully