ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास गरी तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले राजीनामा दिने तयारी गरेका छन् ।
काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास गरी तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले राजीनामा दिने तयारी गरेका छन् ।
मन्त्री घिसिङले बुधबार राति ९ बजे ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत राजीनामा दिने तयारी गरेको उनका प्रेस संयोजक सचेन गौतमले जानकारी दिए ।
मन्त्री घिसिङ अनौपचारिक रूपमा उज्यालो नेपाल पार्टीका संरक्षक थिए । राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरणपछि उनी वरिष्ठ उपसभापति भएका थिए ।
दलीय राजनीतिमा सक्रिय भएसँगै मन्त्री घिसिङको सार्वजनिक आलोचना बढेपछि प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् बैठकमै उनीसहित खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेलको राजीनामा मागेकी थिइन् ।
