राजीनामा पत्र बुझाउन मन्त्री घिसिङ बालुवाटारमा

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास गरी तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङ राजीनामा पत्र बुझाउन बालुवाटार पुगेका हुन् ।

पुस २३, २०८२

कान्तिपुर संवाददाता

Minister Ghising in Baluwatar to submit resignation letter

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ राजीनामा पत्र बुझाउन बालुवाटार पुगेका छन् ।

बालुवाटारबाट फर्केपछि ऊर्जा मन्त्रालयमा उनले पत्रकार सम्मेलन गरेर राजीनामा बारे आफ्नो धारणा सार्वजनिक गर्ने छन् ।

चुनाव गराउने ‘म्यान्डेट’ सहित प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठन भएको नागरिक सरकारका मन्त्रीहरू दलीय राजनीतिमा सक्रिय भएपछि जनस्तरबाट पटक–पटक प्रश्न उठेपछि स्वयं प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् बैठकमा नामै तोकेर मन्त्रीहरू कुलमान घिसिङ, जगदीश खरेल र बब्लु गुप्तासँग राजीनामा मागेकी थिइन् । 

घिसिङ अनौपचारिक रूपमा उज्यालो नेपाल पार्टीका संरक्षक थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरणपछि उनी वरिष्ठ उपसभापति भएका थिए ।

घिसिङ गत भदौ ३० गते मन्त्री नियुक्त भएका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully