गैंडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

रामबेल सामुदायिक वनको कालिमाटी घोल नजिक घाँसदाउरा काट्न गएका ५६ वर्षीय क्षेत्री गैंडाको आक्रमणमा परेका थिए ।

पुस २२, २०८२

रासस

One person dies in rhino attack in Chitwan

चितवन — चितवनमा गैंडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।

सोमबार अपराह्न भरतपुर महानगरपालिका १२ स्थित रामबेल सामुदायिक वनको कालिमाटी घोल नजिक घाँसदाउरा काट्न गएका बेला सोही स्थानका ५६ वर्षीय बाबुकाजी क्षेत्रीलाई गैंडाले आक्रमण गरेको थियो । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार क्षेत्रीको घटनास्थलमै  मृत्यु भएको थियो ।

रासस

Link copied successfully