अमेरिकी राजदूत थम्प्सनले गरे प्रधानमन्त्री कार्कीसँग बिदाइ भेट

केही दिनअघि अमेरिकाले नेपालसहित ३० देशका राजदूतलाई फिर्ता बोलाएको थियो ।

पुस २१, २०८२

कान्तिपुर संवाददाता

US Ambassador Thompson holds farewell meeting with Prime Minister Karki

काठमाडौँ — नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले प्रधानमन्त्री सुशीला कार्कीसँग बिदाइ भेट गरेका छन् । 

सोमबार राजदूत थम्प्सनले प्रधानमन्त्री कार्कीसँग बिदाइ भेट गरेका हुन् । थम्प्सन २०२२ अक्टोबरमा नेपालका लागि राजदूत नियुक्त भएका थिए । उनी र्‍यान्डी बेरीको ठाउँमा नेपाल आएका थिए ।

केही दिनअघि अमेरिकाले नेपालसहित ३० देशका राजदूतलाई फिर्ता बोलाएको थियो । अमेरिकी विदेश मन्त्रालयले नेपालसहित ३० देशका दूताबासबाट राजदूत र वरिष्ठ पदका कर्मचारीलाई फिर्ता बोलाएको हो ।

US Ambassador Thompson holds farewell meeting with Prime Minister Karkiपूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालमा नियुक्त गरिएका राजदूतलाई ट्रम्प प्रशासनले आफ्नो कार्यकालको एक वर्षपछि फिर्ता बोलाएको र अरू राजनीतिक नियुक्तिहरु पनि खारेज गर्न सक्ने सम्भावना रहेको विदेशमन्त्री मार्को रुबियोको भनाइ उद्धृत गर्दै समाचार संस्था एसोसिएटेड प्रेस (एपी)ले उल्लेख गरेको थियो ।

राजदूतको कार्यकाल अवधि सामान्यतया ३ देखि ४ वर्ष हुने भए पनि राजनीतिक नियुक्ति भएकाले राष्ट्रपति प्रशासनले कुनै पनि समयमा फिर्ता बोलाउन सक्ने प्रावधान रहेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully