रेशम चौधरीलाई माफीविरुद्ध रिटको सुनुवाइ न्यायाधीशद्वय शर्मा र पोखरेलको इजलासमा 

सर्वोच्च अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइका लागि सोमबार पेशी तोकिएको हो । न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा पेशी तोकिएको छ ।

पुस २१, २०८२

कान्तिपुर संवाददाता

The writ petition against the pardon of Resham Chaudhary will be heard in the bench of Justices Sharma and Pokharel.

काठमाडौँ — टीकापुर हत्याकाण्डमा सर्वोच्च अदालतवाट दोषी  ठहर भए पनि राष्ट्रपतिबाट सजाय माफी पाएका रेशम  चौधरीविरुद्ध परेको रिटमा आज पेशी तोकिएको छ । 

सर्वोच्च अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइका लागि सोमबार पेशी तोकिएको हो । न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा पेशी तोकिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले १५ जेठ २०८० मा गणतन्त्र दिवसको दिन पारेर चौधरीलाई तोकिएको फैसला भुक्तान नभई बाँकी सजाय माफी दिएका थिए । त्यसविरुद्ध  टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहरा पत्नी शारदा बोहरा कडायतले  रिट दायर गरेकी थिइन् । 

पुष्पकमल दाहाल नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई आममाफी दिँदै कारागारबाट रिहा गरेपछि उनले सर्वोच्चमा  रिट दायर गरेको थियो ।  टीकापुर घटनाका मुख्य योजनाकारका रूपमा रेशमविरुद्ध कैलाली जिल्ला, दिपायल उच्च अदालतले गरेको जन्मकैदको फैसलालाई सर्वोच्च अदालतले २०८० जेठ २ गते सदर गरेको थियो।

त्यसलगत्तै सरकारले गणतन्त्र दिवसका अवसरमा जेठ १५ गते सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले उनलाई आममाफी दिए पछि सोही दिन चौधरी जेलबाट छुटेका हुन्। सर्वोच्चको फैसलाअनुसार उनी थप १४ वर्ष जेल बस्नु पर्नु भए पनि आममाफीपछि सो कैद मिनाहा भएर उनी निस्किएका थिए । 

०७२ सालमा नयाँ संविधान जारी हुन लाग्दा थरुहट प्रदेशको माग गर्दै भएको आन्दोलनले हिंसात्मक रूप लिँदा टीकापुरमा ०७२ भदौ ७ गते एक बालकसहित ७ सुरक्षाकर्मीको ज्यान गएको थियो । 

कान्तिपुर

Link copied successfully