संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आकस्मिक बैठक सुरु

'अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा उत्पन्न खतरा' का विषयमा केन्द्रित रहेर सुरक्षा परिषद्ले यो बैठक आह्वान गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पुस २१, २०८२

कान्तिपुर संवाददाता

Emergency meeting of the UN Security Council begins

काठमाडौँ — भेनेजुएलाको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आकस्मिक बैठक सुरु भएको छ ।

'अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा उत्पन्न खतरा' का विषयमा केन्द्रित रहेर सुरक्षा परिषद्ले यो बैठक आह्वान गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

भेनेजुएलामा बढ्दो राजनीतिक तनाव र मानवीय संकटका बीच बसेको यस बैठकलाई निकै चासोका साथ हेरिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully