केन्द्रीय सुरक्षा समितिको बैठक गृह मन्त्रालयमा सुरु 

पछिल्ला दिनहरूमा देखिएका केही सामाजिक घटनाक्रम र प्रदर्शनको समीक्षा र वस्तुस्थितिको समग्र आकलन र सुरक्षा रणनीतिबारे बुझ्न बैठक बोलाइएको हो

पुस २०, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — केन्द्रीय सुरक्षा समितिको नियमित बैठक अहिले गृह मन्त्रालयमा बसिरहेको छ।  

देशका विभिन्न ठाउँहरूमा पछिल्ला दिनहरूमा देखिएका केही सामाजिक घटनाक्रम र प्रदर्शनको समीक्षा र वस्तुस्थितिको समग्र आकलन र सुरक्षा रणनीतिबारे बुझ्न बैठक गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा सुरु भएको हो।

बैठकमा गृहसचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की र मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख आनन्द काफ्लेलगायत सहभागी छन् ।

कान्तिपुर

Link copied successfully