मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूले माघ २ देखि आफू खटिएको निर्वाचन क्षेत्रभित्र कार्यालय स्थापना गरी निर्वाचनका कार्यक्रम सञ्चालन गर्ने छन् ।
काठमाडौँ — निर्वाचन आयोगले न्याय परिषद्को परामर्शमा ७७ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको छ ।
आयोगले एक सूचना जारी गर्दै फागुन २१ का लागि तोकिएको निर्वाचनका लागि निर्वाचन अधिकृत पनि नियुक्त गरेको छ ।
न्याय सेवा आयोगको परामर्शमा ८८ जना नेपाल न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्ति गरिएको आयोगले जनाएको छ । यसरी नियुक्ति भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूले माघ २ देखि आफू खटिएको निर्वाचन क्षेत्रभित्र मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचनका कार्यक्रमहरू सञ्चालन गर्ने छन् ।
