शव चन्द्रपुर सरकारी अस्पतालमा राखिएको छ ।
रौतहट — रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्ग छेउमा शनिबार एक पुरुषको शव फेला परेको छ ।
पूर्व–पश्चिम राजमार्गबाट करिब ४० मिटर दक्षिण बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
अन्दाजी ६० वर्षीय वृद्धजस्तो देखिने पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
स्थानीयले खबर गरेपछि प्रहरी निरिक्षक रुपेश झासहितको प्रहरी घटनास्थल पुगेर शवको मुचुल्का उठाएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी रुपा लाबुंगले जानकारी दिइन् ।
