बिहान १० बजेदेखि सञ्चालनमा आयो भद्रपुर विमानस्थल

हुस्सु हटेर भिजिबिलिटी ‘क्लियर’ भएसँगै उडान–अवतरण खुलेको विमानस्थल प्रमुख किशोरकुमार खत्रीले जानकारी दिए ।

पुस १९, २०८२

कान्तिपुर संवाददाता

Bhadrapur Airport to resume operations from 10 am

काठमाडौँ — बुद्ध एयरको जहाज दुर्घटनापछि ठप्प बनेको भद्रपुर विमानस्थल बिहान १० बजेदखे ञस्चालनमा आएको छ ।

हुस्सु हटेर भिजिबिलिटी ‘क्लियर’ भएसँगै उडान–अवतरण खुलेको विमानस्थल प्रमुख किशोरकुमार खत्रीले जानकारी दिए ।

 ‘हुस्सु हटेसँगै १० बजेदेखि विमानस्थल खुलेको हो । अहिले सामान्य अवस्था छ,’ उनले भने, ‘दुर्घटना भएको जहाज प्राविधिक टोलीले अध्ययन गरिरहेको छ ।’

उता बुद्ध एयरले पनि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णको नेतृत्वमा प्राविधिक टोली आवश्यक उपकरणसहित भद्रपुर अवतरण गरिसकेको जनाएको छ ।

प्राविधिक टोली लिएर आएको विमान नै भद्रपुर विमानस्थलमा आज पहिलो पटक अवतरण गरेको थियो ।

कान्तिपुर

Link copied successfully