भदौ २३-२४ को घटनाबारे बुझ्न देउवा र दाहाललाई आयोगले पठायो पत्र

सम्भव भए आयोगमै आउन र नभए लिखित जवाफ दिन भन्दै आयोगले प्रश्नहरु समेत पठाएको छ ।

पुस १८, २०८२

कान्तिपुर संवाददाता

The commission sent a letter to Deuba and Dahal to understand the incident of Bhadra 23-24.

काठमाडौँ — भदौ २३ र २४ गतेको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले कांग्रेस सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाललाई पत्राचार गरेको छ ।

दुई दिनमा भएका घटनाबारे बुझ्न भन्दै पत्राचार गरेको र पत्र नेताहरुले बुझिसकेको आयोगका एक सदस्यले बताए । आयोगमा आउन र सम्भव नभए लिखित जवाफ दिन पनि भनिएको छ । यसका लागि आयोगले प्रश्नहरु समेत पठाएको छ । 

आयोगले बयानका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि पत्र काट्ने तयारी गरेको छ । ओलीलाई पत्र लेख्ने विषयमा आयोगका पदाधिकारीले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरिसकेका छन् । 

तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बुधबार बयान सकेको आयोगले बिहीबार सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग छलफल गरेको थियो । 

कान्तिपुर

Link copied successfully