एमालेको समानुपातिक सूचीमा झापाबाट सबैभन्दा धेरै

एमालेको समानुपातिक सूचीमा झापापछि काठमाडौं र धुनषाबाट ७/७ जना परेका छन् भने २१ जिल्लाबाट कोही पनि परेका छैनन् ।

पुस १७, २०८२

नवराज सुवेदी

Jhapa has the highest number of seats in the UML's proportional list.

झापा — नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा सबैभन्दा धेरै जना झापाबाट परेका छन्।

झापा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला हो । यहाँबाट मात्रै नौ जना एमालेको समानुपातिक बन्दसूचीमा परेका हुन्।

गत पुस १४ मा आयोगमा बुझाएको बन्दसूची अनुसार झापाबाट अनिता सुब्बा, विद्यानन्द राजवंशी, नर्मदादेवी सिवाकोटी, मेनुका काफ्ले, लता प्रसाईं, नीता घतानी, जितु दर्जी गौतम, सोम पोर्तेल र बिना साह महतो परेका छन् ।

एमालेको समानुपातिक सूचीमा झापापछि काठमाडौं र धुनषाबाट ७/७ जना परेका छन् भने २१ जिल्लाबाट कोही पनि परेका छैनन् । 

नवराज

Link copied successfully