उनले शान्ति र आर्थिक समृद्धिबीच परस्पर सम्बन्ध रहेको उल्लेख गर्दै नेपालको निजी क्षेत्रले रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान दिँदै आएको बताए ।
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद (डीपी) अर्यालले शान्ति, समृद्धि र स्थायित्व मुलुकको साझा लक्ष्य भएको उल्लेख गर्दै राज्य, निजी क्षेत्र र नागरिक समाजबीचको एकताबिना त्यो लक्ष्य हासिल गर्न नसकिने बताएका छन् ।
उद्योग वाणिज्य महासंघले आज काठमाडौंमा शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकको आयोजना गरेको बृहत् भेला सम्बोधन गर्दै उनले जेन–जी पुस्ताले उठाएको आवाजलाई सकारात्मक रूपमा बुझ्नुपर्ने धारणा राखे । उनले शान्ति र आर्थिक समृद्धिबीच परस्पर सम्बन्ध रहेको उल्लेख गर्दै नेपालको निजी क्षेत्रले रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान दिँदै आएको बताए ।
उपसभापति अर्यालका अनुसार मुलुक अहिले शान्ति, समृद्धि र स्थिर नेपालको साझा ध्येयमा पुगेको छ । उनले भने, ‘सबैले मिलेर समृद्ध नेपालको आधार तयार गर्न सक्छौं ।’
