कम्पनी दर्ता गर्न महिनौं नलागोस्, युवाहरूले देश छोड्ने अवस्था नआओस् : सुदिप सेख

सेखले निजी क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको भन्दै युवामुखी नीति र नवप्रवर्तनको आवश्यकता रहेको बताए ।

पुस १६, २०८२

कान्तिपुर संवाददाता

Company registration should not take months, youth should not leave the country: Sudip Sheikh

काठमाडौँ — जेन-जी मुमेन्टका सुदिप सेखले कम्पनी दर्ता गर्दा लाग्ने झन्झटको अत्य हुनुपर्ने बताएका छन् । ‘कम्पनी दर्ता गर्दा नाम दर्ता गर्न मात्र एक हप्तासम्म लाग्छ, जबकि उद्यमी युवा प्रशासनिक झमेलामा महिनौं फस्छन् । यसलाई सुधार्न युवाकेन्द्रित नीति आवश्यक छ,' उनले भने । 

उद्योग वाणिज्य महासंघले आज काठमाडौंमा शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा आयोजना गरेको बृहत् भेलालाई सम्बोधन गर्दै उनले भने, 'कम्पनी दर्ता गर्न महिनौं नलागोस्, युवाहरूले देश छोड्ने अवस्था नआओस् ।’

उनले एआई र प्रविधिलाई पनि हाम्रो नीति र प्रशासनमा प्रयोग गरी प्रक्रियामा गति ल्याउनुपर्नेमा जोड दिए । 

सेखले निजी क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको भन्दै युवामुखी नीति र नवप्रवर्तनको आवश्यकता रहेको बताए ।   

शान्ति, स्थायित्व र समृद्धिको लक्ष्य हासिल गर्न समयमा निर्वाचन आवश्यक रहेको समेत उनको भनाइ छ ।

कान्तिपुर संवाददाता

Link copied successfully