बिहारबाट ७ नेपाली महिला र बालबालिकाको उद्धार

उद्धार गरिएकामध्ये एक जना ३३ वर्षीया महिला रहेकी छिन् । त्यस्तै ६ जना १६ वर्षमुनिका बालबालिका रहेका छन् ।

पुस १६, २०८२

कान्तिपुर संवाददाता

7 Nepali women and children rescued from Bihar

काठमाडौँ — भारतको बिहार राज्यको विभिन्न स्थानबाट ७ जना महिला तथा बालबालिकाहरुलाई उद्धार गरिएको छ ।

बालश्रममा लगाउन, भिख माग्ने काममा लगाउन तथा विवाहको झुटो प्रलोभन दिएर मान बेचबिखनका लागि भारत लगिएको अवस्थामा ती महिला तथा बालबालिकाहरुलाई उद्धार गरिएको किन इन्डियाका नवीन जोशीले जानकारी दिए ।

रोटरी क्लब अफ पाटन दरबार स्क्वायर, रोटरी क्लब अफ बानेश्वर, शुभ अवसर ग्राम नेपाल, नेपाल प्रहरी लगायतको संघ संस्थाको सहयोगमा ती महिला तथा बालबालिकाहरूलाई बिहारका विभिन्न स्थानबाट उद्धार गरिएको जोशीले बताए । उद्धार गरिएकामध्ये एक जना ३३ वर्षीया महिला रहेकी छिन् । त्यस्तै ६ जना १६ वर्षमुनिका बालबालिका रहेका छन् । उद्धार गरिएकाहरू सप्तरी, रौतहट, धनुषा र बाराका हुन् । 

मधेशमा बालबालिका हराएको उजुरी दैनिक रूपमा आउने गरेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख गोविन्द थपलियाले बताए । 

कान्तिपुर

Link copied successfully