समानुपातिक उम्मेदवारको बन्दसूची लिएर निर्वाचन आयोग पुग्यो कांग्रेस

पार्टी कार्यालय सानेपा नजिकै रहेको एक कटेजमा सोमबार अबेर राति केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नामको अन्तिम टुङ्गो लगाएको हो।

पुस १५, २०८२

विवेक पोख्रेल

Congress reaches Election Commission with closed list of proportional representation candidates

काठमाडौँ — कांग्रेसले समानुपातिक उम्मेदवारको बन्दसूची टुङ्ग्याएको छ। आयोगमा प्रतीक्षा गरिरहेका प्रचार विभागका प्रमुख मीन विश्वकर्माले बन्दसूची लिएर साथीहरू निर्वाचन आयोगमा आइपुगेको जानकारी दिए।

पार्टी कार्यालय सानेपा नजिकै रहेको एक कटेजमा सोमबार अबेर राति केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नामको अन्तिम टुङ्गो लगाएको हो।

कांग्रेसभित्रका विभिन्न समूहका नेताबीचको रस्साकसीले उम्मेदवार छनोटमा समस्या उत्पन्न भएकाले सूची टुंग्याउन समय लागेको एक केन्द्रीय सदस्यले बताए। 

संस्थापन पक्ष र इतर पक्षबीच बागमती र कोशी प्रदेशमा उम्मेदवार छनोटमा विवाद देखिएको थियो।

कोशीमा नेता शेखर कोइरालाले आफ्नो प्रभुत्व स्थापित गर्न खोजेपछि गगन थापाले बागमतीमा आफ्नो प्रभुत्व कायम गर्न खोजेका हुन्। उम्मेदवार छनोटमा सहजता ल्याउन संस्थापन पक्षले ६० प्रतिशत र इतर पक्षले ४० प्रतिशत सिट पाउने व्यवस्था तय गरिएको थियो ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully