जाँचबुझ आयोगसमक्ष दिएको बयानमा तत्कालीन गृहमन्त्री लेखकले के भने ? [पूर्णपाठसहित]

'व्यक्तिगत रूपले यो घटनामा मेरो आफ्नो पनि ठूलो क्षति भएको छ । महेन्द्रनगर र काठमाडौंका घरहरू आगो लगाएर नष्ट गरिए ।...तैपनि सिंगो देश नै खरानी बनाइएका बेला मेरो व्यक्तिगत पीडालाई गौण ठानेको छु,' उनले भनेका छन् ।

पुस १४, २०८२

कान्तिपुर संवाददाता

What did the then Home Minister Lekhak say in his statement before the Commission of Inquiry? [With full text]

काठमाडौँ — तत्कालीन गृहमन्त्री रमेश लेखकले सिंगो देश नै खरानी भएका बेला आफ्नो क्षति गौण भएको बताएका छन् ।सोमबार भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा बयान दिँदै उनले व्यक्तिगत रूपले आफ्नो पनि ठूलो क्षति भएको बताएका हुन् । 

'व्यक्तिगत रूपले यो घटनामा मेरो आफ्नो पनि ठूलो क्षति भएको छ । महेन्द्रनगर र काठमाडौंका घरहरू आगो लगाएर नष्ट गरिए ।...तैपनि सिंगो देश नै खरानी बनाइएका बेला मेरो व्यक्तिगत पीडालाई गौण ठानेको छु,' उनले भनेका छन् ।

त्यस्तै उनले २३ गतेको घटनाको नैतिक जिम्मेवारी लिए पनि २४ गतेको घटना भने नियोजित भएको बताएका छन् ।

यस्तो छ लेखकको बयान [पूर्णपाठ] 

कान्तिपुर

Link copied successfully