निर्वाचनमा जान तयार छौं तर वातावरण बनिसकेको छैन : देउवा

शनिबार प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको शीर्ष नेताहरुसँगको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

पुस १२, २०८२

कान्तिपुर संवाददाता

We are ready to go for elections but the environment is not ready: Deuba

काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै राजनीतिक दलहरु निर्वाचनमा जान तयार रहेको बताएका छन् ।

शनिबार प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको शीर्ष नेताहरुसँगको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सबै राजनीतिक दलहरु निर्वाचनमा जान तयार भएपनि निर्वाचनको वातावरण बन्न नसकेको बताए । सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने र सुरक्षाको व्यवस्था हुनुपर्ने बताए । 

सभापति देउवाले भने, ‘सबै पार्टीहरु चुनावमा जान तयार छन् । कांग्रेसलगायत सबै पार्टी तयार छन् । तर वातावरण बनिसकेको छैन, वातावरण बनाउनुपर्छ । सुरक्षाको व्यवस्था हुनुपर्‍यो । एमाले पनि तयार छ ।’

एमाले पनि निर्वाचनमा जान तयार हो भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा सभापति देउवाले एमाले पनि तयार रहेको प्रतिक्रिया दिए ।

कान्तिपुर

Link copied successfully