रुपन्देहीको ग्रिन युथ लुम्बिनी र ललितपुर गोदावरीको नौधारा सामुदायिक वनलाई बीसीएनले अनुदान उपलब्ध गराएकाे हो ।
लुम्बिनी — चरा, पर्यापर्यटन र संरक्षणमा क्षेत्रमा योगदान गरे बापत दुई संस्थालाई नेपाल पन्छी संरक्षण संघ (बीसीएन)ले अनुदान (ग्रान्ट) उपलब्ध गरेको छ ।
रुपन्देहीको ग्रिन युथ लुम्बिनी र ललितपुर गोदावरीको नौधारा सामुदायिक वनलाई बीसीएनले अनुदान दिएको हो ।
संघको ४३ औं वार्षिक साधारणसभाका उपलक्ष्यमा काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा एक लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराएको हो ।
अनुदान रकम चरा, तिनको बासस्थान सुधार तथा संरक्षणका क्षेत्रमा काम गर्न खर्च गर्नु पर्ने छ । त्यस्तै स्नातक अध्ययरत रोहन तुलाधर र सृष्टि काफ्लेलाई गिद्धको अनुसन्धान गर्न जनही ५० हजार रुपैयाँ पनि प्रदान गरेको छ ।
संरक्षण क्षेत्रमा दशकदेखि काम गर्दै आएका ग्रिन युथ लुम्बिनीका अध्यक्ष अर्जुन कर्मीले यो अनुदान दिएर गरेको सम्मानले चरा र पर्यापर्यटनका काम गर्न अझ उत्साह बढेको बताए । यसले चरा र तिनको बासस्थान सुधारमा उदाहरणीय काम गरेर देखाउने बताए ।
कुर्मी सहभागी रहेको टोलीले डेढ महिन्आघि नेपालमा पहिलो पटक ६ वटा सारसमा जिपिएस ट्याग लगाएको थियो ।
