जेन-जी आन्दोलनले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएको छ : उपराष्ट्रपति यादव

जेन-जी पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ मार्ग र दिशा दिएको छ : उपराष्ट्रपति यादव

पुस ११, २०८२

कान्तिपुर संवाददाता

Gen-G movement has provided an opportunity to strengthen the essence of the Constitution: Vice President Yadav

काठमाडौँ — उपराष्ट्रपति रामसहायप्रसाद यादवले जेन-जी पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ मार्ग र दिशा दिएको बताएका छन् । 

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उपराष्ट्रपति यादवले सो आन्दोलनले शिक्षण सिकाइलाई विवेकशील, सचेत, राष्ट्रभक्त र जिम्मेवार नागरिक उत्पादन गर्ने दिशामा रूपान्तरण गर्न प्रेरित गरेको दाबीसमेत गरे । 

‘गत भदौमा जेन-जी पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ मार्ग र दिशा दिएको अवस्था छ । यसले शिक्षण सिकाइलाई विवेकशील, सचेत, राष्ट्रभक्त र जिम्मेवार नागरिक उत्पादन गर्ने दिशामा रूपान्तरण गर्न प्रेरित गरेको छ । लोकतान्त्रिक मूल्य र संविधानको मर्मलाई सुदृढ बनाउने अवसर पनि यसले प्रदान गरेको छ,’ उनले भने । 

उपराष्ट्रपति यादवले मुलुकले अनुसन्धान र नवप्रवर्द्धनमा प्रोत्साहन गर्दै राष्ट्रअनुकूल ज्ञान उत्पादनमा हुने खालको शिक्षामा निजी क्षेत्रको शिक्षालयहरूको योगदानको अपेक्षा गरेको पनि बताए । 

कान्तिपुर

Link copied successfully