१२ जिल्लामा सीडीओ हेरफेर, कसको जिम्मेवारी कहाँ ?

कारागार व्यवस्थापन विभागमा शशीधर घिमिरेलाई जिम्मेवारी दिइएको छ ।

पुस ११, २०८२

कान्तिपुर संवाददाता

CDO changes in 12 districts, whose responsibility is where?

काठमाडौँ — १२ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को हेरफेर गरिएको छ ।

गृह मन्त्रालयले शुक्रबार सूचना निकाल्दै १२ जिल्लाका सीडीओका साथै कारागार व्यवस्थापन विभागका महानिर्देशक हेरफेर भएको जानकारी गराएको छ । 

कारागार व्यवस्थापन विभागमा शशीधर घिमिरेलाई  जिम्मेवारी दिइएको छ । सरुवा सूचीअनुसार भोजपुरमा सहसचिव राजन पौडेल, पर्वतमा लक्ष्मीप्रसाद पौडेल, खोटाङमा रेखा कँडेल, प्युठानमा शान्तिराज प्रसाईं, लमजुङमा उमेश ढुंगाना, दोलखामा हरिप्रसाद घिमिरे, सिन्धुपाल्चोकमा रामकृष्ण अधिकारीलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

तनहुँमा हाल जिल्ला प्रशासन कार्यालय भोजपुरमा रहेका शिवलाल तिवारीलाई पठाइएको छ । इलाममा लक्ष्मण ढकाल, कञ्चनपुरमा मदन कोइराला, नवलपरासी पश्चिममा दीपकराज नेपाल, सल्यानमा महेन्द्रकुमार सापकोटालाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

CDO changes in 12 districts, whose responsibility is where?

कान्तिपुर

Link copied successfully