आयोगमा बयान दिन जान्छु : पूर्वगृहमन्त्री लेखक

सानेपास्थित पार्टी कार्यालयमा जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई उनले यही पुस १४ गते सोमबार आयोगमा बयान दिन जाने बताएका हुन् ।

पुस १०, २०८२

रासस

I will go to give a statement to the commission: Former Home Minister writer

ललितपुर — पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगमा बयान दिन जाने बताएका छन् ।

सानेपास्थित पार्टी कार्यालयमा जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई उनले यही पुस १४ गते सोमबार आयोगमा बयान दिन जाने बताएका हुन् ।

'आयोगले मलाई बयानका लागि पुस ११ गते शुक्रबार आउन पत्र पठाएको थियो, मैले पुस १४ गते सोमबार आउँछु भनेर जानकारी गराएको छु', उनले भने ।

रासस

Link copied successfully