जेन-जीहरूले नै आजै छोड्, भोलि नै छोड् भन्छन् : प्रधानमन्त्री कार्की

'छोडौँ भने के छोडौँ, छोडेको भोलिपल्ट, थुक्क ! पालो त दिएको थियो नि तिमीहरूलाई एउटा, तिमीहरूको औकात त छोडेर हिँड्ने न रहेछ, के गर्‍यौ भन्छन् ।' -प्रधानमन्त्री कार्की

पुस १०, २०८२

कान्तिपुर संवाददाता

Gen Zers say quit today, quit tomorrow: Prime Minister Karki

What you should know

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले आफूहरूलाई जेन-जी समूहले नै पद छोड् भनेर दबाब दिएको बताएकी छिन् । बिहीबार बाह्रखरी कथा प्रतियोगिताका विजेता घोषणा तथा पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री कार्कीले राजनीतिक दल र जेन-जीका समूहहरुले दिनदिनै सरकार छोड् भन्दै गालीगलौज गर्ने गरेको बताएकी हुन् । 

सबैतिरबाट गाली आएको भन्दै दिग्दारी व्यक्त गर्दै प्रधानमन्त्री कार्कीले आफूहरूका बारेमा पनि कथा लेख्न सुझाइन् । कतै जाँदा पनि सुख नहुने अवस्थामा आफूहरू रहेको उनको भनाइ छ ।

यस्तो छ प्रधानमन्त्री कार्कीको भनाइ

हामी अचानो जस्तो पो रहेछौँ । राजनीतिक दलले पनि गाली गर्छ । मारले गाली गर्छ । अहिले छोड्, भोलि छोड् भन्छ । जेन-जीले पनि आजै छोड्, भोलि छोड्, पर्सि छोड् भन्छन् । छोडौँ भने के छोडौँ, छोडेको भोलिपल्ट, थुक्क, पालो त दिएको थियो नि तिमीहरूलाई एउटा, तिमीहरूको औकात त छोडेर हिँड्ने न रहेछ, के गर्‍यौ भन्ने भाष्य आउँछ ।

हामी त पेन्डुलम जस्तो भयौँ । त्यही पनि सकस गरेर, मेहनत गरेर, बहुत धैर्य धारण गरेर काम गर्दैछौँ । निर्वाचन किन चाहियो भन्ने भाषा पनि आएको छ, युवाहरूमा । कतै जाँदा सुख नहुने अवस्था अहिले हाम्रो छ । हाम्रो बारेमा पनि कथा लेख्नुस् । २५ वटा ३० वटा जेनजी समूह हुनुहुन्छ । एउटाले एउटा काम, अर्कोले अर्को काम गर भन्नुहुन्छ । मुलुक बंगलादेश नहोस् भन्ने सुरमा हामी छौँ । बंगलादेश चाहिँ नहोस् ।

कान्तिपुर

Link copied successfully