बुधबार बसेको नेपाली कम्युनिस्ट पार्टी निर्वाचन क्षेत्र नम्बर ४ स्तरीय बैठकले दाहालसहित महफुज आलम अन्सारी, पर्शुराम बस्नेत, पदम अधिकारी र कमलबहादुर कट्वालको नाम केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
सुनसरी — यहाँको निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालको नाम सिफारिस भएको छ ।
आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि दाहालको नाम सिफारिस भएको हो । उनीसँगै अन्य चार जनाको पनि नाम सिफारिस गरिएको छ ।
बुधबार बसेको नेपाली कम्युनिस्ट पार्टी निर्वाचन क्षेत्र नम्बर ४ स्तरीय बैठकले दाहालसहित महफुज आलम अन्सारी, पर्शुराम बस्नेत, पदम अधिकारी र कमलबहादुर कट्वालको नाम केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
सुनसरीको क्षेत्र नम्बर ४ नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की विजयी भएको क्षेत्र हो । यो क्षेत्रबाट कार्की २ पटक विजयी भइसकेका छन् । यसपटक पनि केही दिनअघि मात्रै कांग्रेसको क्षेत्र नम्बर ४ समितिले कार्कीसहितका नेताहरूको नाम सिफारिस गरेको थियो ।
यस्तै बैठकले सामानुपातिक तर्फ योगेन्द्रप्रसाद मण्डल (पप्पु) ,धर्मलाल उराँव, दिल महमद मियाँ, सुरेश शर्मा लोहार र बसिरा खातुनको नाम सिफारिस गरेको बैठकमा सहभागी नेकपाका केन्द्रीय सदस्य पदम अधिकारीले जानकारी दिए ।