रकममा क्षतिपूर्ति, बाँकी तलब, सेवा सुविधाबापतको रकम तथा सम्बन्धित कम्पनीबाट प्राप्त सहयोग र मानवीय सहायता समावेश छ।
काठमाडौँ — कुवेतमा मृत्यु वा घाइते भएका ७८ जना नेपाली श्रमिकका परिवारका लागि कुवेतस्थित नेपाली दूतावासले ३ करोड ४४ लाख (७३ हजार ८ सय दिनार )क्षतिपूर्ति रकम नेपाल पठाएको छ।
दूतावासका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा संकलन गरिएको उक्त रकम मृतक तथा घाइते नेपालीका हकदारले पाउने गरी परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागमा पठाइएको हो।
रकममा क्षतिपूर्ति, बाँकी तलब, सेवा सुविधाबापतको रकम तथा सम्बन्धित कम्पनीबाट प्राप्त सहयोग र मानवीय सहायता समावेश छ।